
विजय दशमीकाे उपलक्षमा म्याग्दी प्रवासी नेपाली संघ (मोना–हङकङ) द्वारा बेनीका बालगृहमा रहेका अनाथ बालबालिकाकालाई दसैँ उपहार प्रदान गरेकाे छ। मोनाका प्रतिनिधिहरुले नेपाल बालसंगठन म्याग्दीद्वारा सञ्चालित बेनीका बालगृहका अनाथ बालबालिकाको साथमा दसैँ मनाएका हुन्।
उनीहरूले फलफूल तथा विभिन्न परिकारकाे भाेजन बालबालिकालाई खुवाएका थिए।
बालगृहमा रहेका ११ जना प्रत्येक बालबालिकालाई नयाँ कपडा सेट र भाेजनकाे लागि रू. एक लाख माेना हङकङले सहयाेग गरकाे बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताएका छन्।
हिन्दू नेपालीहरुको महान चाड दसैँ त्यस्ता अभिभावकविहीन बालबालिकासँग सँगै मनाउँन पाउँदा आफूहरू हर्षित भएकाे माेनाका प्रतिनिधिले बताएका छन्।
त्यसैगरी मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जालीले बालबालिकालाई कपडा हस्तान्तरण गर्दा अत्यन्तै खुशी लागेको र सम्पूर्ण हङकङमा रहेका म्याग्देली दातालाई धन्यवाद दिएका थिए। उनले आगामी दिनमा पनि विगतमा जस्तै मोना हङकङले म्याग्दी जिल्लाका विभिन्न ठाउँमा शिक्षा, स्वस्थ्य र अन्य सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने बताए।
१ .
२ .
३ .
४ .
५ .