हिंसाको केन्द्र जम्मु–कश्मीरमा शत प्रतिशतले लगाए कोभिड खोप

Photo: PTI
Photo: PTI

जम्मु र काश्मीरका १८ वर्षमाथिका सबै नागरिकले कोभिडबिरुद्धको खोप लगाएका छन्। जम्मु र काश्मीरका २० ओटै जिल्लाका खोप लगाउन योग्य सबै व्यक्तिले पहिलो डोज लगाएका हुन्। हिंसा र अस्थिरताको केन्द्र मानिने जम्मु कश्मीरमा अहिलेसम्म १ करोड ४० लाख डोज खोप लगाइएको त्यहाँको स्थानीय सरकारले जनाएको छ। 

खोप लगाउन हजारौँ स्वाथ्यकर्मी एक दिन पनि बिदामा नबसी खोप कार्यक्रममा खटिएका थिए। आफूले विगत पाँच महिनादेखि एक दिन पनि बिदा नलिइ खोप कार्यमा जुटेको स्वास्थ्य कार्यकर्ता रजिया बताउँछिन्। उनले मात्र यो अवधिमा ३० हजार खोप लगाइदिइन्।
 
‘हाम्रो स्वाथ्य उपकेन्द्रले पाँच लाख खोप लगाइदिएको छ। त्यसमध्ये पछिल्लो पाँच महिनामा मैले व्यक्तिगत रुपमा ३० हजारलाई खोप लगाइदिए’, उनी भन्छिन्। बिहीबार सरकारले जम्मु काश्मीरमा शत प्रतिशतले खोप लगाएको जनाएको छ। १५ अक्टोबरसम्म जम्मु र काश्मीरका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने सरकारले योजना गरेको थियो।  

पहिलो डोज शत प्रतिशतले लगाएको खुसीयालीमा चिकित्सक र खोप लगाउने स्वास्थ्यकर्मीलाई स्वास्थ्य विभागका उच्च अधिकारीले सम्मान गरेका थिए। 

काश्मीरमा दुर्गम पहाडी क्षेत्रमा स्वास्थ्यकर्मीहरु घर घरमै पुगेर खोप लगाएका थिए। प्रतिकूल मौसम, असुरक्षा, र इन्टरेनटको पहुँचको अभावबीच स्वास्थकर्मीहरु घन्टौसम्म पैदलै हिडेर खोप लगाउन सर्वसाधरणको घरमा पुगेका थिए। अहिलेम्म जम्मु र काश्मीरमा १ करोड ४० लाख डोज खोप लगाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

प्रकाशित मिति: : 2021-10-15 06:00:00

प्रतिकृया दिनुहोस्