गीतकार प्रियासनलाई 'उत्सर्ग सिर्जना' पुरस्कार

फाइल तस्वीर
फाइल तस्वीर

उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई 'उत्सर्ग सिर्जना' पुरस्कार प्रदान गर्ने भएको छ। कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील छन्। रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी  साहित्यकार प्रियासनका १२ वटा कृति  प्रकाशित छन्।

दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशकरसम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुन। उनका ७ वटा गीतहरु रेकर्ड भएका छन्। सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रियासन जनसेवा पदकबाट विभुषित भइसकेका छन्।

प्रकाशित मिति: : 2021-10-11 14:56:00

प्रतिकृया दिनुहोस्