बलिउडका पहिलो सुपरहिरो क्रिस अर्थात ऋतिक रोशन हुन्। पछिल्लो समय बडी र नृत्यका कारण चर्चा आउने ऋतिक ४७ वर्षकाे हुँदा पनि उत्तिकै फिट र स्टाइलिस् छन्। यसै कारण उनको फ्यान बढ्दो छन्।
पछिल्लो समय उनलाई वारमा देखिएको थियो। त्यसयता उनी फिल्ममा देखिएका छैनन्। त्यसो त उनको फिल्मको कामलाई कोरोना भाइरसको महामारीले पनि प्रभाव पार्याे । बलिउडका पहिलो सुपरहिरोले आफ्नो सोही अवतार दर्शकसमक्ष प्रस्तुत गर्ने तयारी थालेका थिए। तर , यसलाई कोरोना भाइरसले सफल हुन् दिएन। यद्दपी उनी पछिल्लो समय क्रिसको नयाँ सिरिजको तयारीमा जुटेका छन्। उनी या पिता राकेश रोशनले फिल्मको निर्देशन गर्नेछन्। यी नै सुपरहिरोले आफूलाई बलिउडमा स्थापित गर्न गरेको मेहनतको चर्चा आज हामी गर्दैछौँ।
निर्देशकको घरमा जन्मिए पनि उनले बलिउडमा आफूलाई स्थापित गर्न संघर्ष गरे। उनले बालकलाकारको रुपमा आफ्नो अभिनय यात्रालाई प्रारम्भ गरे। उनले सन् १९८० देखि बालकलाकारको रुपमा १९८६ सम्म काम गरे। त्यसपछि उनले १९८७ देखि ९७ सम्म क्रमश: खुदगर्ज, किंग अंकल, करण अर्जुन र कोइलामा एसिस्टेन्ट निर्देशकको रुपमा काम गरे।
त्यसपछि उनले पिता राकेशकै फिल्म ‘कहो ना प्यार हे..’ मार्फत बलिउडमा अभिनेताको रुपमा सन् २००० मा डेब्यु गरे। त्यही वर्ष उनको अन्य फिल्महरू फिजा र मिसन कश्मिर पनि रिलिज भयो। कहो ना प्यार हे मार्फत सोलो हिरो बनेका ऋतिकलाई त्यसपछि फ्यामिली ड्रामा कभी खुसी कभी गमले सफलता दिलायो।
यद्दपी उनको सुपरहिट फिल्म भने सन् २००३ मा रिलिज भएको ‘कोइ मिल गया’ आयो। त्यसपछि उनले सन् २००६ मा त्यसको निरन्तरता क्रिस गरे। जुन फिल्म इण्डियाकै पहिलो सुपरहिरो फिल्म थियो भने ऋतिकलाई स्थापित बनायो। त्यसपछि उनको क्रेज एकपछि अर्को फिल्मले बढायो। उनले आफूलाई अभिनेता बनाउनु अगाडी निर्देशकको रुपमा समेत प्रस्तुत गरे। यसैले गर्दा पनि उनले बलिउडमा पछिल्लो समय सफलता पाइरहेका छन्। त्यसो त ऋतिकको पहिलो फिल्मकी हिरोइन थिइन् करिना कपूर। तर , उनले फिल्मबाट आफूलाई अल्लग बनाइन्। त्यसपछि फिल्ममा अमिषा पटेलको इन्ट्री भयो।
यस्तै , ऋतिकले डेब्यू वर्ष सन् २००० मै पाएको फिल्म ‘मिशन कश्मिर’ मा एक्ट्रेस प्रिती जिन्टा भन्दा चार लाख कम पारिश्रमिक पाएका थिए। विधु विनोद चोपडा निर्देशित फिल्ममा ऋतिकले ब्रेक पाउनु नै ठूलो कुरा थियो। त्यसैले उनको रोल नहेरी स्टारडमका आधारमा प्रितीले बढी रकम पाएकी थिइन्। ऋतिकलाई अगाडि बढाउने केही फिल्महरु छन् , जसले उनलाई स्टारसँगै स्थापित बनायो।
बलिउडमा एक्टरको रुपमा पाइला टेकेको फिल्म ‘कहो ना प्यार है ..’ ले ऋतिकलाई स्थापित बनायो। यो फिल्म भन्दा अगाडि उनले झन्डै १३ वर्ष एसिस्टेन्ट निर्देशकको रुपमा फिल्महरूमा काम गरे। सन् १९८७ बाट निर्देशकलाई सघाउने कार्य थालेका उनले १९९८मा आएर हिरो बन्ने अवसर पाए। उनले होम प्रोडक्सनको यो फिल्ममा काम गरेपछि फिजा र मिशन कश्मिरमा कम गर्ने मौका पाएका थिए।
ऋतिकले बलिउडमा डेब्यू गरेको एक वर्षपछी सन् २००१ मा उनको ‘कभी खुसी कभी गम’ रिलिज भयो। करण जोहर निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, काजोलसँग ऋतिकले स्क्रीन शेयर गर्ने मौका पाएका थिए। उक्त समयको भव्य फिल्म थियो। फिल्मले ऋतिकलाई पनि फाइदा दियो।फ्यान फ्लोर्स बढायो भने उनको कामको पनि चर्चा भयो। यस फिल्ममा ऋतिकको जोडी करीना कपुर बनेकी थिइन्।
झन्डै दुई वर्ष असफलताको सामना गरेका ऋतिकले सन् २००३ मा रिलिज भएको फिल्म ‘कोइ मिल गया’ ले सफल बनायो। प्रिती जिन्टासँगको फिल्ममा ऋतिकले राम्रो काम गरेका थिए। उनले दिमाग कम्जोर भएको भूमिका निर्वाह गरेका थिए। जसलाई अत्यधिक रुचाइयो। उनकै पिता राकेश रोशन निर्देशित फिल्ममा ऋतिकले शक्ति पाएर आफ्नो क्षमता बढाउने भूमिकालाई रुचाइयो। साथै, ऋतिकले डेब्यू फिल्मपछी आफ्नै दममा सोलो हिट दिएको फिल्म पनि बन्यो।
कोइ मिल गया फिल्ममा काम गरेपछि ऋतिक सेलेक्टेड भए। उनले क्रिस अगाडि मात्र लक्ष्य नामक एक फिल्ममा काम गरे। किनकी उनि इण्डियाकै पहिलो सुपरहिरो बन्दै थिए। अन्तत सन् २००६ मा राकेश रोशनकै निर्देशनमा तयार भएको फिल्म ‘क्रिस’ ले ऋतिकलाई बलिउडमा स्थापित गर्यो। डान्स र अभिनयको कारण युवामा क्रेज बनाएका ऋतिकले सुपरहिरोको कारण बालबालिकामा पनि उत्तिकै क्रेज बनाए। फिल्ममा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए। यसै फिल्ममार्फत बलिउड प्रेमी माँझ उनले क्रिस उपनाम पनि पाए।
ऋतिकको करियरको लागि सन् २००६ निकै फलदायी सावित भयो। उनको दुई फिल्म क्रिस र धूम-२ रिलिज भयो। एकमा उनी सुपर हिरो बनेका थिए भने अर्कोमा सुपर चोर। सकारात्मक र नकारात्मक दुवै भूमिकामा उनी दर्शकको प्रिय बने। धूमको दोस्रो फ्रेनचाइजीमा देखिएका ऋतिकले छोडेको छापको अझै चर्चा हुन्छ। फिल्ममा ऋतिकसँगै अभिषेक बच्चन, ऐश्वर्या राय, उदय चोपडालगायतको अभिनय रहेको थियो भने यसलाई संजय गाध्वीले निर्देशन गरेका थिए।
सन् २०११ मा रिलिज भएको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा ऋतिकको छुटै अन्दाज देखियो। जोया अख्तर निर्देशित फिल्मलाई अत्यधिक रुचाइयो। फरहान अख्तर, अभय देओल, कट्रिना कैफलगायतको अभिनय रहेको फिल्ममा ऋतिकले आफ्नो छाप छोड्न सफल भए। आफ्नो ब्याचलर लाइफको अन्तिमसमयमा आयोजना हुने टुरको कथा देखाइएको फिल्मले युवा पुस्तालाई बढी आकर्षित गर्याे ।
सन् २०१३ मा ऋतिक अभिनित सुपरहिरो फिल्म क्रिसको नयाँ सिरिज आयो। फिल्ममा ऋतिकसँगै प्रियंका चोपडा र कंगना रनौतको पनि अभिनय रहेको थियो। राकेश रोशन निर्देशित फिल्मलाई लिएर दर्शकमाँझ एक किसिमको क्रेज थियो नै। यसैले पनि ऋतिक फिल्ममार्फत सफल भए। उनको सुपरहिरो रुपलाई दर्शकले रुचाए। यो समयसम्म आइपुग्दा ऋतिक बलिउडका महंगा अभिनेतामध्येका एक बनिसकेका थिए।
त्यसपछि ऋतिक अभिनित फिल्म ब्याङ ब्याङ रिलिज भयो। जसलाई दर्शकले रुचाए। सिद्धार्थ आनन्दको निर्देशनमा तयार फिल्म हलिउड अभिनेता टम क्रुजको डे एण्ड नाइटको रिमेक थियो। कट्रिना कैफसँगको ऋतिकको जोडीलाई दर्शकले रुचाए। त्यसपछि ऋतिकले मोहेन जोदारोमा काम गरे। यो भने बक्स अफिसमा हिट हुन् सकेन। यद्दपी त्यसपछि रिलिज भएको उनको फिल्म काबिललाई दर्शकले रुचाए। उनले फिल्ममा आँखाको ज्योति गुमाएको प्रेमीको भूमिका निर्वाह गरेका थिए।
काबिलपछी दुई वर्षको अन्तरालमा उनको फिल्म सन् २०१९ मा सुपर ३० रिलिज भयो। जसलाई दर्शकले रुचाए। उनी फिल्ममा एक गणित शिक्षकको भूमिकामा थिए। फिल्मकै लागि उनले अवार्ड पनि जिते। त्यही वर्ष उनको फिल्म वार पनि रिलिज भयो। उनकै पथमा बलिउडमा रहेका टाइगर श्राफसँग स्क्रीन सेयर गरेकै कारण फिल्मले हाइप पायो।
सिद्धार्थ आनन्द निर्देशित फिल्मलाई दर्शकले रुचाए र बलिउडको बक्स अफिसमा पनि हिट भयो। उनले नयाँ फिल्म ‘फाइटर’ मा काम गर्दैछन्। फिल्ममा ऋतिकसँग दीपिका पादुकोण देखिने छन् भने यसलाई सिद्धार्थ आनन्दले नै निर्देशन गर्नेछन्। पछिल्लो समय ऋतिकले विश्वास गर्ने निर्देशकमा सिद्धार्थ पनि पर्ने गरेका छन्। यसका साथै उनले वारको सिक्वेलमा काम गर्ने चर्चा पनि चलेको छ।