कोलम्बियासँग ब्राजिल रोकियो

Goal.com

फिफा विश्वकप तथा दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ। सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहीत बराबरीमा रोकिएको हो। 

घरेलु टोली कोलम्बियाले स्टार खेलाडी नेयमारसहितको बलियो ब्राजिललाई रोकेको हो। 

बराबरीसँगै ब्राजिल शीर्ष स्थानमा यथावत छ। १० खेल खेलेको ब्राजिल २८ अंकसहित दक्षिण अमेरिकी छनोटमा पहिलो स्थानमा छ। ११ खेलबाट १५ अंक बनाएको कोलम्बिया पाँचौ स्थानमा छ।

प्रकाशित मिति: : 2021-10-11 06:28:00

प्रतिकृया दिनुहोस्