दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा 

Photo: PTI
Photo: PTI

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो।  

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए। १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६  विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो। 

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए। यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पु¥याएका थिए। 

दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए। 

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए। त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए। चेन्नईको जस हाज्विल्डले सर्बाधिक २ विकेट लिएका थिए। 

चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो।

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ। 

फाइनल शुक्रबार हुनेछ।

प्रकाशित मिति: : 2021-10-11 06:20:00

प्रतिकृया दिनुहोस्