अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा बोहाेरा

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको चौंथो महाधिवेशनले एमडी बोहराकाे अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ। शुक्रबार दुबईको क्लब याक एण्ड यतीमा सम्पन्न महाधिवेशनले बोहराको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा चयन भएका छन् भने प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र महासचिवमा क्रमशः दुर्गाबहादुर सुनुवार, मोहन बोगटी र हरि मोक्तान चयन भएका छन्।

यसैगरी सचीवमा रुमा अधिकारी , कोषाध्यक्षमा विरेन्द्र दंगाल र सहकोषाध्यक्षमा सन्दिप लामा चयन भएको महासचिव हरि मोक्तानले जानकारी दिएका छन्। संस्थाको ग्लोबल प्रतिनिधि र प्रवक्तामा क्रमशः प्रिन्स गेलाल र श्रेया भण्डारी चयन भएको उनले जानकारी दिए।

महाधिवेशनमा चर्चित लोक गायक सन्दिप न्यौपानेका साथमा स्थानीय नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए।

प्रकाशित मिति: : 2021-10-10 09:57:00

प्रतिकृया दिनुहोस्