शनिबार, १२ जुलाई २०२५

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बिएल संवाददाता

बिएल संवाददाता

जाजरकोट
2021-10-10 09:33:00
File Photo
• • •

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?