जनता समाजवादी पार्टीका (जसपा) नेता एवम् पर्सा क्षेत्र नम्बर. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवले केन्द्र सरकारले कुस्ती खेलाडीहरुको मनोबल खस्काउने काम गरेकाे आरोप लगाएका छन।
बाराको परवानीपूरमा कुस्ती खेलको उद्घाटन गर्दै यदवले यस्तो आरोप लगाएका हुन्। मधेशको सान कुस्ती खेलले बढाउने भएकोले यसको मधेशमा छुट्टै महत्व रहेको बताए। सरकारले कुस्तीमा लगानी समेत नगरेको र सेवा सुविधा समेत नदिने गरेको उनले बताए।
सांसद यादवले खेलाडीलाई निरुत्साहित गरेर मनोबल गिराउने काम केन्द्र सरकारले गरिरहेको बताए। सांसद यादवले यसलाई ध्यानमा राखी पहलवानहरुको लागि रोजगारीको व्यवस्था गर्न माग सरकारसँग माग समेत गरेका छन्।
उनले आफ्नाे तर्फबाट पनि सकेजति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।