तानाशाही शासन जसले आफ्नो नेतृत्वमा अरुका स्वतन्त्रता हरण गर्दै अगाडी बढ्दछ। मानवको विकास तथा मानसिकताका पुरक तथ्यहरू नेपथ्यमा प्रशस्त छन्। अहिलेसम्मकाे तानाशाही शासनकाे इतिहास हेर्ने हाे भने उनीहरूकाे कार्यकाल र घटना व्यक्तिगत तथा सामूहिक रुपमा विभाजित छन्।
नियम र पद्धतिकाे हत्या गरेरै शासकहरुले तानाशाही वा अधिनायकवादकाे कूसंस्कार प्रारम्भ गरेकाे पाइन्छ। तानाशाही शासन व्यवस्थामा अत्याचार, अन्याय, अशान्ति, असत्यता तथा क्रूरताजस्ता कुराहरु सामान्य नै हुन्।
यस्ताे शासनले नागरिकहरुलाई भयग्रस्त बनाएर जेलमा बन्दक गराउँछ। तानाशाहीको इच्छा विपरित कार्य गरेमा त्यसलाई स्वतः अस्वीकार गरिन्छ। शासनविरुद्धमा कुरा गर्नेलाई देशद्रोही मानेर कैद तथा मृत्युजस्ता सजाय दिइन्छ।
तानाशाही वा अधिनायकवाद रोमनका शासकहरुवाट उदय भएको मानिन्छ। प्राचिन समयमा रोमनमा 'डिक्टेट' शब्दको प्रयोग गरिन्थ्यो। त्यतिवेला शासन चलाउने शासक एउटा मात्रै हुन्थ्यो। वर्तमान समयको तानाशाही शासन प्रथम विश्वयुद्धबाटै मौलाउँदै आएकाे हाे।
त्यस मानसिकताबाटै शासकहरुमा युद्ध, अहंकार तथा व्यक्तित्व भित्र क्रूरता विकास हुंदै गयो। विश्वका धेरै देशमा अझै पनि यस्ता क्रूर शाषणहरु कायम छन्।
मुख्यतया प्रथम र दोस्रो विश्वयुद्धमा धेरै तानाशाही शासनका शासकहरुले जन्म लिए। अरुको स्वतन्त्रता लुटेर रमाएका शासकहरुले आफ्नै स्वतनत्रतामा बन्धक बनाएर करोडौँ नागरिकहरुको ज्यान लिएकाे इतिहास जिवन्त छन्।
त्यस्ता शासकहरुकाे सकारात्मक र नकारात्मक पक्षहरु छन्। तर, ती सबलाई बेवास्ता गर्दै विश्वाव्यापी रुपले हेर्ने हाे भने उनीहरु क्रूर तानाशाह नै कहलिहन्छन्। यहाँ त्यस्तै केही तानाशाह शासकहरुकाे बारेमा उल्लेख गरिएकाे छः
एडोल्फ हिटलर
एडोल्फ हिटलरको जन्म सन् १८८१ अप्रिल २० मा अष्ट्रियाको बोनमा भएको थियो। उनी १७ बर्षको हुँदा उनका बुवाको मृत्यु भयो। त्यसपछि हिटलर भियनामा गए।
उनी एक पादरी बन्न चाहान्थे। उनले प्रारम्भिक शिक्षा लिन्जमा लिए। उनी एक सामान्य परिवारका व्यक्ति थिए। उनी परिवारका चौंथो सन्तान थिए। उनका दाजु–दिदिहरुको सानैमा मृत्यु भैसकेको थियो। परिवरमा उनी मत्रै बाँचे। कला विद्यालयमा भर्ना हुन योग्य नभएपछि हिटलरले पोस्टकार्डमा चित्र बनाएर आम्दानी गर्न थाले।
सन् १९१३ मा म्युनिख गएर सेनामा भर्ति हुने विचार गरे। सेनामा भर्ति हुन सफल भएपछि उनी खुसि भए। प्रथम विश्वयुद्ध शुरु भएपछि हिटलरले फ्रान्ससँगका कयौँ लडाईहरु लडे। सन् १९१८ मा उनी युद्धमा घाइते भएपछि अस्पताल भर्ना भए। यस समयमा जर्मनी पराजय भयो। हिटलरलाई यो खबरले दुःखी बनायो।
सन् १९१८ मा नै हिटलरले 'नाजी' नामक पार्टीको स्थापना गरे। उनले देशप्रेमको भावना बोकेर पार्टीमा सहभागी हुन आग्रह गरे। प्रथम विश्वयुद्धमा जर्मनीको पराजयमा यहुदीलाई दोषी ठान्दै आफ्नो कार्य शुरु गर्न थाले। हिटलरले भाषण र बोलीबाट सबैलाई मख्ख बनाईदिए। प्रभावित पारे। त्यसपछी कयौँ जर्मन नागरिक उनको पार्टीमा सहभागी भए।
उनले 'भर्सेलिज सन्धि' समाप्त गरेर जर्मनीलाई विशाल साम्राज्य स्थापना गर्दा जर्मनीहरु सुखी हुन्छन् भन्ने चाहान्थे। सन् १९२२ तिर जर्मनीमा हिटलर एक प्रभावशाली व्यक्ति बनिसकेका थिए। सन् १९२३ मा हिटलरले जर्मन सरकारविरुद्ध 'कू'को प्रयत्न गरे।तर, उनी असफल भए। उनी जेलसमेत चलान भए।
त्यही उनले मीन केम्फ नामक आफ्नो आत्मकथा लेखे। उनले उक्त कथामा लेखेका छन्, 'आर्य जाति सबै जातिहरुमा सर्वश्रेष्ठ छ र जर्मन आर्य हो। आर्यले नै विश्वको नेतृत्व गर्नुपर्छ। यहुदीले सधैँ संस्कृतिमाथी बाधा सिर्जना गर्दै आइरहेका छन्। जर्मन नागरिकहरुलाई साम्राज्य विस्तारको पुर्ण अधिकार छ।'
सन् १९३० देखि १९३२ मा जर्मनीमा बेरोजगारीको संख्या निकै बढ्यो। संसदमा नाजी दलको सदस्य संख्या २३० पुग्यो। सन् १९३२ को राष्ट्रपति निर्वाचनमा हिटलर उम्मेदवार बने तर हिडनबर्गसँग पराजित भए। जर्मनीको आर्थिक अवस्था अझै खस्कदै गयो। विजयी भएका देशहरुले जर्मनीलाई सैनिक शक्ति बढाउन अनुमति दिए।
सन् १९३३ मा हिटलर 'चान्सलर' बने। चान्सलर बन्ने वित्तिकै हिटलरले संसद भंग गरे। कम्युनिस्ट पार्टीलाई गैरकानूनी धोषित गरे। नाजी दलको विरोध गर्ने व्यक्तिलाई सिधै जेलमा पठाईयो। नियम, कानून बनाउने सम्पुर्ण अधिकार हिटलरले आफ्नो हातमा लिए।
सन् १९३४ मा उनले आफूलाई सर्वोच्च न्यायधीश स्वघाेषित गरे। यसै बर्ष राष्ट्रपति हिडनबर्गको पनि मृत्यु भयो। हिटलरलाई भनेजस्तै भयो। राष्ट्रपतिको मृत्युपछि राष्ट्रपति र फ्युर हिटलरै बने। नाजी दल सम्पुर्ण जर्मनीका क्षेत्रमा आतङ्कित बन्यो।
सन् १९३३ देखि १९३८ सम्ममा उनले लाखौँ यहुदीहरुको हत्या गरे। सन् १९३३ मा नै हिटलरले राष्ट्रसंघको सदस्यता त्याग गरे र भावि युद्धलाई ध्यनमा राख्दै जर्मनीको सैन्य शक्ति बढाउन सुरु गरे। जर्मनीका सबै नागरिकहरुलाई अनिवार्य रुपमा सैन्य प्रशिक्षण दिईयो। यहुदिको हत्या र आतङ्कित क्रियाकलापले हिटलर विश्वकै डरलाग्दा तानाशाही शासनका शासकको रुपमा चिनिए।
सन् १९३९ देखि दोस्रो विश्वयुद्ध शुरु भयो। हिटलरकै शासनको कारणले दोस्रो विश्वयुद्ध शुरु भएको धेरै देशहरुकाे अहिले पनि आराेप लगाउँछन्। शुरुमा जर्मनी कडा रुपमा प्रस्तुत भए पनि विस्तारै हिटलरको शासन कमजोर हुँदै गयो। जर्मनीले धेरै ठाउँमा पराजय भोग्दै गयो। सोभियत सेनासँगको सम्झाैता हिटलरले भंग गरेपछि सोभियत सेनाले जर्मनीमा कारबाही आक्रमक बनाउदै लगे।
सोभियत सङ्घका सेनाले जर्मनीको मुख्य सहर बार्लिनमाथि हमला शुरु गरेपछी हिटलर आफूलाई जोगाउन बंकरसमेत लुकेर बसे। बंकरभित्र हिटलरको समुह थियो। सन् १९४५ अप्रिल २९ मा हिटलर र इभा ब्राउनबीच राइख चान्सलेरी मुख्यालयस्थित बंकरभित्र विवाह भयो। अरुको हातबाट उनी मर्न चाहादैनथे। त्यसैले सन् १९४५ अप्रिल ३० मा हिटलरले आफैलाई गोली हानेर आत्महत्या गरे।
त्यसपछि उनकी नवपत्नीले पनि आत्महत्या गरिन्। हिटलरको इच्छा अनुसार उनीहरुको शव जलाईयो। हिटलरको मृत्युसंगै दोस्रो विश्वयुद्ध र उनकाे तानाशाही शाषण अन्त्य भयाे।
माओ त्से तुङ्
माओ त्से तुङ्को जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनमा भएको थियो। उनलाई कतिले चिनका शक्तिसाली व्यक्तित्व मान्ने गर्दछन् भने कतिले तानाशाही शासकको रुपमा चिन्दछन्। माओ त्से तुङ्ले चीनमा चर्चित क्रान्ति गर्दै चीनियाँ कम्युनिस्ट पार्टीलाई नेतृत्व गरे। उनले आफ्नो शासनकालमा चीनलाई सबैखाले जोखिमवाट बचाएका थिए।
सैनिक रणनीतिमा जोडिएको उनको मार्क्सवादी, लेनिनवादी विचारधारालाई माओवादको नामले चिनिन्छ।
उनले सर्वप्रथम जिन्हाई क्रान्तिको माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारीहरुको तर्फबाट लडाइ शुरु गरेका थिए।
सन् १९१८ मा स्नातक गरेपछि उनी अझै अब्बल बने। प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपुर्ण पदमा रहंदा माओ उनको सिफारिसमा सहायक पुस्तकालय अध्यक्ष पदमा रही काम गरे। उनले अंशकालिक छात्रमा सुचिकृत भई विभिन्न विद्वानहरुको सेमिनारहरुमा भाग लिए।
सङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफ्नो सहभागिता जनाए। उनले लुओ यक्सिनोसीत विवाह गरे पनि उक्त विवाह कहिल्यै स्वीकारेनन्। बरु उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् विवाह गरे।
सन् १९३० अक्टोबरमा कुओमिन्टांग ले यांग काइहुइ र उनका छोरा एनिंगलाई पक्राउ गर्यो। पछि एनिंगलाई आफन्तको जिम्मा लगाईयो भने उनकी आमालाई मारिदिए। त्यसबेला माओ मन्दारिन् चीनि भाषा सिक्न उनकी सहकर्मी १७ वर्षिया किशोरी हि जिझेन्सिसँग बस्दथे। तर उनले उक्त भाषा कहिल्यै सिक्न सकेनन्। उनी फ्रान्समा अध्ययन गर्ने अवसर अस्वीकार गर्दै चीनमा बसे।
उनी २७ वर्षको उमेरमा सन् १९२१ जुलाई २३ मा सङ्घाइमा चीनको कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेसमा भाग लिए। दुई वर्षपछि पार्टीको तेस्रो काङ्ग्रेस अधिवेशनमा पाँच कमिसार मध्येमा एक प्रतिनिधिको रुपमा छानिए। माओ त्यहि वर्षमा केन्द्रीय समितिको आदेशमा हुनान् प्रान्तमा हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्न पुगे।
सन् १९२४ मा उनी कुओमिन्टांगको राष्ट्रिय अधिवेशनमा प्रतिनिधि बन्दै केन्द्रीय समितिका प्रमुखमा छानिए। उनले आफ्नो शासनकाललाई दबाव दिदै गए।
उनले सन् १९४१ देखि १९७६ सम्म आफ्नो शासन चलाए। उनको शासनकालमा करिब ६ करोड नागरिकहरु मारिए। यही घटनाले उनलाई चर्चित शासककाे रुपमा चिनायो। अन्ततः सन् १९७६ सेप्टेम्बर ९ मा ८२ वर्षको उमेरमा बेइजिङ्को एक हस्पिटलमा कठिन रोगबाट उनकाे निधन भएको थियो।
हिदेकी तोजो
हिदेकी तोजो जापानका चर्चित प्रधानमन्त्री हुन्। उनको जन्म सन् १८८४ डिसेम्बर ३० मा टोकियोमा भएको थियो। उनले सन् १९०५ मा मिलिटरी एकेडेमीमा ग्राजुयशन शिक्षा हासिल गरे।
त्यसपछि उनलाई सेकेन्ड लफ्टेनेंटमा नियुक्ति गरियो। उनी सन् १९३७ मा सशस्त्र पुलिसको कमांडर बने। उनी सन् १९४० मा युद्धमन्त्रीसमेत बने। ठिक एक वर्षपछि प्रधानमन्त्री बने। सन् १९४१ मा प्रधामन्त्री बनेलगतै उनीमा तानाशाही शासनकाे प्रवृति शुरु भयो।
उनले तानाशाही शाषण सुरू गरेलगतै धेरै ठाउँमा आक्रमण गर्न शुरु गरे। पर्ल हार्बरमा आक्रमण गरेर संयुक्त राज्य अमेरीकासंग युद्धको औपचारिक घोषणा भएको दाबी पनि गरे। तोजो प्रवृति विश्वभरी बढ्दै गयो।
उनले सैनिक शक्ति प्रयाेग गरेर धेरै नागरिकको ज्यान लिए। उनको शासनकालमा करिब २ करोड नागरिकहरुले ज्यान गुमाएका थिए।
सन् १९४५ मे मा जापानले औपचारिक रुपमा आत्मसमर्पण गर्यो। तत्कालै तोजोसहितका समूहलाई पक्राउ गरी हिरासतमा राखियो। तोजोले आत्महत्या गर्न खोजे तर सफल भएनन्।
उनलाई सन् १९४८ डिसेम्बर २३ मा मृत्युदण्ड दिईयो। भन्ने गरिन्छ, 'उनको मृत्युदण्ड अझै रहस्यमयी छ।'
जोसेफ स्टालिन
जोसेफ विसारियोनोविच जुगाशविली स्टालिनको बाल्यकालको नाम थियो। उनको जन्म सन् १८७८ डिसेम्बर १८ मा जर्जियाको गोरीमा भएको थियो।
उनी एक सामान्य परिवारमा जन्मिएका थिए। उनी बच्चामा निकै कमजोर थिए। त्यसैले अरु बच्चाहरुले उनलाई धेरै सताउँथे पनि। उनकी आमाले छोरालाई पादरी बनाउने निर्णय लिएकी थिइन। तर स्टालिनमा पादरी बन्न अलिकति पनि रुची थिएन। त्यही कारण उनलाई सन् १८९९ मा धार्मिक स्कुलबाट निकालियो।
बिसौँ सताब्दीको शुरुमा स्टालिनले मौसम विभागमा काम गर्न थाले। यतिवेला उनी रुसी साम्राज्यको बिरोधीको रुपमा प्रस्तुत हुंदै हडताल र बिरोध प्रदर्शनमा संलग्न हुन थाले। जारको गुप्तचर बिभागलाई स्टालिनको क्रियाकलापबारे सुचना भयो र उनी भूमिगत भए।
भुमिगत हुंदा उनी बोल्शेविक पार्टीमा प्रवेश गरे। स्टालिनले सन् १९०५ मा रुसी साम्राज्यको विरुद्ध पहिलो पटक गुरिल्ला युद्धमा भाग लिए। त्यसपछि उनको भेट बोल्शेवभिक क्रान्तिका अगुवा भ्लादिमीर लेनिनसंग फिनल्यान्डमा भयो। लेनिनले उनको प्रतिभालाई सम्मान गरे। स्टालिनले सन् १९०६ मा पहिलो विवाह केटेवान स्वानिजेसँग गरे।
विवाहको एक वर्षपछि उनका छोराको जन्म भयो। सन् १९०७ मा जर्जियाको तिफ्लिसमा बैङ्कबाट साढे दुई लाख (रुवल) लुटे। बैङ्क डकैतीपछि स्टालिन जर्जिया छोडेर भागे। लुटेको रकम जार विरोधी आन्दोलनमा खर्च गरे।
सन् १९०७ मा नै स्टालिनकी पत्नीको टाइफाइडका कारण मृत्यु भयो। यो घटनाले स्टालिनलाई गहिरो रुपमा असर पार्यो। छोरालाई मामाघरको हजुरबुवा र हजुरआमालाई जिम्मा लगाएर पुर्ण रुपमा क्रान्तिमा लागे। यसै समयमा उनले आफ्नो नाम स्टालिन राखेका थिए।
सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा अक्टोबर क्रन्ति सफल भयो। लेनिनले जनतासामु धेरै बाचा पुरा गर्ने बताए। स्टालिनले पनि यस क्रान्तिमा ठूलो भुमिका खेले। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। त्यसपछि लेनिनले सत्ता चलाए। स्टालिन लेनिनको राम्रो साथी भएकाले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त गरे।
सन् १९२० मा स्टालिन सोभियत सङ्घको तानाशाही शासक बनिसकेका थिए। सन् १९२४ जनवरीमा लेनिनको मृत्यु भएपछि स्टालिनले आफैलाई उत्तराधिकारीको रुपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लियोन टोटस्कीले आफूलाई उत्तराधिकारी मान्थे।
स्टालिनको शासनकालमा रुसमा धेरै जमिन स–साना टुक्रामा बाँडियो र भोकमारी चरम सिमामा पुग्यो। पछि स्टालिनले जग्गा राष्ट्रियकरण गर्दै उत्पादनमा बृद्धि गरे। स्टालिनले तानाशाही देखाउदै लाखौँलाई मारिदिए। उनको शासन कालमा करिब ५ करोड नागरिक मारिएका थिए।
हिटलरको आक्रमणपछि आफ्नो आक्रमण बलियो बनाउदै लगेर जर्मनीानथि विजय हाँसिल गरे। उनले हिटलरलाई जिउदै समातेर ल्याउन आदेश दिएका थिए तर हिटलरले आत्महत्या गरिसकेका थिए। त्यसपछि दोस्रो विश्वयुद्धको समाप्त भएको घोषणा गरे।
साथै दोस्रो विश्वयुद्धको अन्त्य सोभियतसङ्घले गरेको दावी गरे। अच्च्मको कुरा त के छ भने चर्चित तानाशाही मानिने स्टालिनलाई सन् १९४५ र १९४८ को नोबेल शान्ति पुरस्कारमा नोमिनेट गरियो। विस्तारै रुसलाई दाेस्रो परमाणुको रुपमा चर्चित बनाए।
रुस सन् १९४९ मा हतियार बनाउने दोस्रो मुलुकमा चर्चित बन्यो। स्टालिनको मृत्यु सन् १९५३ मार्च ५ मा भएको थियो। उनको मृत्युपछि धेरै नागरिकले उनी मरेको शाेक मनाए।
लियोपोल्ड द्वितीय
लियोपोल्डको जन्म सन् १८३५ अप्रिल ९ मा ब्रसेल्स बेल्जियममा भएको हो। अफ्रिकाको विभाजन युरोपीय इतिहासमा एक महत्वपुर्ण घटना मान्ने गरिन्छ।
अफ्रिकामा विभिन्न शासन चलाएर लियोपोल्डले अफ्रिकालाई एक अंध्यारो युगमा पुर्याए। उनमा लिविंग्स्टन र स्टेनलीको खोजमा आफ्नो सत्ता चलाउने लाेभ पलायो। सन् १८७६ मा उनले अज्ञात क्षेत्र पत्ता लगाएर त्यहाँको सभ्यताको विकास गर्न उनले ब्रुसेल्समा एक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरे। त्यही सम्मेलनबाट एउटा अन्तराष्ट्रिय संस्थाको स्थापना गरियो। जसका अध्यक्ष लियोपोल्ड आफै बने।
पछि यो संस्थाले विस्तार पाएन र लियोपोल्डमा अझै तानाशाही प्रवृति शुरु भयो। सन् १९७९ भन्दा पहिले कंगो स्वतन्त्र थियो। लियोपोल्डले कंगोमाथि आफ्नै तानाशाही शासन देखाएर कंगोलाई पुरै कब्जामा लिए। उनको शासन कालमा कंगोमा मात्रै लाखौँ नागरिककाे तड्पाई–तड्पाई हत्या गरियो। लियोपोल्डले पोर्चुगल, इंङ्ल्यान्ड, जर्मनीजस्ता देशहरुमा पनि आफ्नै शासन चलाउन खोजे। लियोपोल्डले सन् १८६५ देखि १९०९ सम्ममा शासन चलाए।
उनको शासन कालमा करिब डेढ करोड नागरिकहरु मारिए। उनको मृत्यु सन् १९०९ डिसेम्बर १७ मा ७४ वर्षको उमेरमा बेल्जियममा भएको थियो।
अन्त्यमा, विश्वमा कैयाैँ शासकले तानाशाही शासन चलाए, जुन सम्झिदा आज पनि कुनै दन्त्य कथाजस्ताे लाग्छ। शासन, नेतृत्व र सत्ता चलाउने नाममा विश्वमा हुने डरलाग्दा तानाशाही क्रान्तिले मानव अस्तित्व बेला–बेलामा खलबल्याउने गर्दछन्।