चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

Photo-NK
Photo-NK

चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे।

पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चाैका र २ छक्काको मद्दतमा ६३ रन बनाए।

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र माेहम्मद शाहाजादले ११ रन जाेडे। कप्तान साेमपाल कामीले आफ्नाे पहिलाे बलमै चाैका प्रहार गर्दै चितवनलाई जित दिलाए।

बलिङमा पाेखराका किशाेर महताेले ४  विकेट लिए। नन्दन यादवले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएकाे थियाे।

पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाए। विपिन रावलले १७ रन जाेडे। बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।

चितवनका लागि बलिङमा कमल सिंह  ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए। यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए। दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चे।

कप्तान साेमपाल कामी र सागर ढकालले समान १ विकेट लिए। 

प्रकाशित मिति: : 2021-10-09 15:58:00

प्रतिकृया दिनुहोस्