जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमणः एक जनाको मृत्यु, सिन्हालाई दिल्ली बाेलाइयाे

Photo : EPA
Photo : EPA

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ।

शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन्।

प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ। प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर-ए-तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ।

यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाकेका छन्। 

प्रकाशित मिति: : 2021-10-09 09:12:00

प्रतिकृया दिनुहोस्