ब्याड्मिन्टनमा घरेलुका हाकिमको जोडी प्रथम

ब्याड्मिन्टन क्लब उदयपुर र कर्मचारी मिलन केन्द्र, उदयपुरको आयोजनामा भएको ब्याड्मिन्टन प्रतियोगितामा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ र भेटेरिनरी कार्यालय प्रमुख अजय साहको जोडी प्रथम भएको छ।

महान् चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा १४ टिमलाई पछि पार्दै खाँ र साहको जोडी प्रथम भएको हो। प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल र गाईघाट दिक्तेल सडक कार्यालयका चालक प्रमोद श्रेष्ठको जोडी दोस्रो भएको छ।

यस्तै डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेल र कर कार्यालय गाईघाटका कर्मचारी मदन दाहालको जोडी तेस्रो भएको छ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2021-10-09 06:20:00

प्रतिकृया दिनुहोस्