दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ।