साताको पाँचौं कारोबार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो।
महासंघले बिहीबार सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम गरिएको छ।
बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ र चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो।