शनिबार, १२ जुलाई २०२५

गृहमन्त्री खाँणद्वारा बाढीपहिरो प्रभावित मनाङको अनुगमन

बिएल संवाददाता

बिएल संवाददाता

मनाङ
2021-10-07 13:45:00
News Image
• • •

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको  क्षेत्रको आज अनुगनमन तथा निरीक्षण  गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए। 

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो।  बाढीले सबैभन्दा बढी ताल गाउँमा  क्षति पु¥याएको थियो। 

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा  ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?