भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो।
पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो। आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ।