सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित 

फाइल तस्वीर
फाइल तस्वीर

आज बुधबार भने सेयर बजारमा हरियाली छाएको छ। केहि सातायता उत्साहविहिन भएको बजारमा आज भने हरियाली छाएको हो। भदौयता सेयर बजारले बुलिस ट्रेन्डलाई फलो गर्न सकेको अवस्था छैन। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जाको सीमाका कारण सुस्ताएको बजारले लामो समयसम्म गति लिन नसकेको हो। बजार घट्नुको पछाडी सेयर धितो कर्जाको सीमा मात्र नभएर अन्य विविध कारण पनि छन्।

लाभांशको सिजनमा पनि बजारले गति लिन नसक्दा लगानीकर्ताहरुमा एक किसिमको डर समेत पैदा भएको थियो। तर बजारमा हरियाली फर्किदा लगानीकर्तालाई केहि हौसला मिलेको छ।

हिजो मंगलबार ४१.८४ अंकले बढेको सेयर बजारमा आज पनि हरियाली छाएको छ। आज फाइनान्स र लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। लघुवित समूहले धमाधम आकर्षण लाभांश घोषणा गरिरहेको छ।

आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० बिन्दुमा पुगेको छ। आज नेप्से २।६२ प्रतिशतले बढेको हो। यता सेन्सेटिभ परिसूचक पनि १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा पुगेको छ।

आज कुल २२७ कम्पनीको जम्मा ८१ लाख ८९ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएको छ। ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको मात्र कारोबार भएको छ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर बढेको छ।

प्रकाशित मिति: : 2021-10-06 16:08:00

प्रतिकृया दिनुहोस्