जम्मू–कश्मीरः एक घण्टाभित्र तीन हमला, आतंकवादीसहित तीनको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

आतंकवादी हमलामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आतंकवादीसहित सडक व्यापारी र ट्याक्सी चालक रहेका छन्। आतंकवादी संगठन ‘द रेजिस्टन्स फोर्स’ ले मङ्गलबार भएको हमलाको पूर्ण जिम्मेवारी लिएको छ। जो लश्कर–ए–तैयबासँग सम्बन्धित संगठन मानिन्छ।

श्रीनगरको इकबाल पार्क नजिकै बिन्दरु मेडिकेट फार्मेसीका एक प्रमुख ७० वर्षीय माखनलाल बिन्दरुलाई सीमाक्षेत्रबाट गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार उनीहरुको मृत्यु भइसकेको थियो। 

सुरक्षा बल घटनास्थल पुगेता पनि आक्रमणकारी आतंकवादीहरू भागिसकेका थिए। सन् १९१९ को दशकमा आतंकवादको दबदबा रहेका बखत कश्मीरी पण्डित बिन्दरु श्रीनगर छिरेर आफ्नै फार्मेसी चलाइरहेका थिए।

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमणको निन्दा गरेका छन्। उनले मृतकको परिवारप्रति हार्दिक समवेदनासमेत व्यक्त गरे। 
कश्मीरी पण्डित मारिएको क्षणभरमै पुनः आतंकवादीहरूले श्रीनगरको लाल बजारमा आक्रमण गरेका थिए। उनीहरूद्वारा गरिएको हमलाबाट सडक व्यापारीको मृत्यु भयो। मृतक व्यापारीको नाम वीरेन्द्र पासवान र घर बिहारको भागलपुर रहेकोे प्रहरीले जनाएको छ।

पछिल्लो चार दिनमा श्रीनगरमा भएको यो चौथो नागरिक हत्या हो। केन्द्र शासित प्रदेशमा एक घण्टाभित्र तेस्रो आतंकवादी हमलामा बन्दिपोरामा आतंकवादीहरूले अर्का नागरिकको गोली हानी हत्या गरेका थिए। उनको नाम मोहम्मद शफी रहेको र उनी ट्याक्सी चालक भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-10-06 13:14:00

प्रतिकृया दिनुहोस्