पोखरालाई हराउँदै चितवन फाइनलमा

चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो। चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। 

२६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए। यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे। करिम जनत ४ रनमा अविजित रहे।

पोखराका नन्दन यादवले १ विकेट लिए। पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए। 


 
 
 

प्रकाशित मिति: : 2021-10-06 12:20:00

प्रतिकृया दिनुहोस्