४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने 

File Photo - sg.news.yahoo
File Photo - sg.news.yahoo

आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका  छन्। चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो। हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ।

जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ। यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलब ३ सन्तान जन्माउँछन्। चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन्।

चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ। तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ।

दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो। तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ। एजेन्सी

प्रकाशित मिति: : 2021-10-05 15:25:00

प्रतिकृया दिनुहोस्