फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

जापानको प्रधानमन्त्रीम फुमिओ किशिदा निर्वाचित भएका छन्। गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित भएका थिए। पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो।

प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्ववाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन्।

टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने उनले बताएका छन्।  कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र वाहिर सरकारको बिरोध हुँदै आएको थियो।

आगामी नोभेम्वरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ।

प्रकाशित मिति: : 2021-10-04 12:07:00

प्रतिकृया दिनुहोस्