लक्ष्मी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

फाइल तस्वीर
फाइल तस्वीर

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुल २७.३६८४१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

जसमा २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-03 11:33:00

प्रतिकृया दिनुहोस्