सुनचाँदीको मूल्य बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

आज छापवाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापवाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-10-01 11:33:00

प्रतिकृया दिनुहोस्