घट्यो सेयर बजार, ३ अर्बमा खुम्चियो कारोबार

फाइल तस्वीर
फाइल तस्वीर

साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारमा पुनस् गिरावट आएको छ। तीन दिनपछि बुधबार बढेको बजारमा आज पुनस् गिरावट आएको हो।

पछिल्लो समय सेयर बजार दिनहुँजसो ओरालो लागिरहेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३।४२ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ ६.४१ अंकले बढेर ४९७.०५ बिन्दुमा पुगेको छ।

बिहीबार कारोबार रकममा पनि भारी गिरावट आएको छ। आज कारोबार रकम ३ अर्बमा खुम्चिएको छ। आज सेयर खरिदबिक्रीमा पनि गिरावट आएको छ। आज दिनभर कुल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

बिहीबार कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूहको मात्र सेयर मूल्य बढेको छ, भने बाँकि १० वटा समूहको सेयर घटेको छ। आज विकास समूहको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्गखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। 

प्रकाशित मिति: : 2021-09-30 15:42:00

प्रतिकृया दिनुहोस्