सुनचाँदीको मूल्य घट्यो

फाइल तस्वीर
फाइल तस्वीर

आज (मंगलबार) सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो। आज छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापवाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तेजावी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-09-28 11:36:00

प्रतिकृया दिनुहोस्