मेस्सी प्रशिक्षणमा फर्किए, सिटीविरुद्धको खेल खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिम प्रशिक्षणमा फर्किएका छन्।

च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन्। घुँडाको चोटको कारण मेस्सीले लिग वानको पछिल्लो दुई खेल गुमाएका थिए।

मेस्सीले बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्ध भएपछि आफ्नो उत्कृष्ट खेल देखाउन सकेका छैनन्। यस सिजनको सुरुवाती समयलाई हेर्ने हो भने मेस्सीले पीएसजीका लागि गोलको खाता खोल्न सकेका छैनन्।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएका हुन्। मेस्सीले सिटीविरुद्ध खेल्ने बताईएको छ। पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति: : 2021-09-28 11:24:00

प्रतिकृया दिनुहोस्