साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

Photo : ANFA
Photo : ANFA

माल्दिभ्समा अर्को सातादेखि सुरु हुने साफ च्याम्पियनसिप २०२१ का लागि २३ सदस्यीय अन्तिम नेपाली टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।

नेपालले घोषणा गरेको टिमबाट दुई खेलाडी बाहिरिएका छन्। गोलकिपर विकेश कुथु र राजन गुरुङ टिमबाट बाहिरिएका हुन्।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) सम्म मालेमा हुँदै छ। जसका लागि टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ। नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्ने छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

नेपालले पहिलाे खेल आयोजक माल्दिभ्ससँग अक्टोबर १ (असोज १५) खेेल्ने छ। दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ। तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

अन्तिम टोली:

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा,नवयुग श्रेष्ठ, मनिष डाँगी, नीतिन थापा,रोहित चन्द, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

 

प्रकाशित मिति: : 2021-09-26 22:26:00

प्रतिकृया दिनुहोस्