३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

File photo
File photo

आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

आज छापवाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार १४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-09-21 11:33:00

प्रतिकृया दिनुहोस्