सीताको भूमिकामा पक्का भइन् कंगना रनौत

The economics times
The economics times

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा पक्का भएकी छिन्।

अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म 'सीता' मा कंगना पक्का भएकी हुन्। उक्त फिल्ममा कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइले जानकारी दिएका हुन्। 

सुरुमा निर्माताले सो फिल्मका लागि करीनालाई अफर गरेको थियो। ‘सीता’ बन्नका लागि करिनाले १२ करोड  पारिश्रमिक समेत मागेकी थिइन्। जसबारे व्यापक चर्चा चलेको थियो। 

करिना सीता बन्ने खबर बाहिरिएपछि सामाजिक सञ्जालमा उनको विरोध समेत भएको थियो। अभिनेता सैफअली खानसँग विवाह गरेका कारण करिनाले सीता बनेमा हिन्दु धर्म र सीता माताको अपमान हुने भन्दै उनको हिन्दु कट्टरपन्थी संगठनहरुले विरोध गरेका थिए। 

ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु,  मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने बताइएको छ।

प्रकाशित मिति: : 2021-09-16 19:47:00

प्रतिकृया दिनुहोस्