जनमत : एमसीसी भनेको के हो ?

एमसीसी पास नभएकै राम्रो

जनता सिटामोल खान नपाएर मरिरहेका छन् तर सरकार एमसीसीको पैसामा आशा राख्दै आफ्नो भूमि अरू देशलाई सुम्पिन खोज्दैछ। सरकारमा पुगेर नेताले कोशी र महाकाली बेचिसके। बाँकी रहेको देश पनि समर्पण गर्न खोज्दैछन्। एमसीसी पास नभएकै राम्रो। हामी गाउँघरमा बस्ने गरिबदुःखीले पछि अमेरिकन सैनिकको दबाब र पिरालो भोग्न नपरोस्।

 एलिसा दुलाल, काभ्रे
नेपालका लागि ठीक होइन

एमसीसी नेपालका लागि खासै ठीक होइन। एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गदै अगाडि बढ्न खोजेको विषय हो। तर, दिन लागेको सहयोग नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन्छ। आज विदेशीको सहयोग होस् या श्रम सबै सही ठाउँमा सदुपयोग भएको छैन।

- सुष्मा पाण्डे, बुटवल
स्वतन्त्रतासहितको अनुदान हो

गरिब राष्ट्रहरूका लागि एउटा आधार बनाएर अमेरिकन सरकारले २२ वटा क्षेत्र किटान गरेर एमसीसी ल्याएको भन्ने बुझेको छु। त्यसमा प्रजातान्त्रिक मुलुक, मानवअधिकार, पे्रस स्वतन्त्रतालगायत विषयका अंकलाई आधार बनाइएको छ। स्वतन्त्रता सहितको अनुदान नै एमसीसी हो।

- सुसन तामाङ, काठमाडौं
अमेरिकन सैनिक नेपाल छिर्ने डर छ

एमसीसी नेपालमा ल्याउनुको कारण चाइनासँगको निकटता छुटाउनु हो। नेपाली जनताले काम गर्न नपाउनु र अमेरिकन सैनिक नेपालमा बस्न आउनु हो। एमसीसी समय अवधिभर नेपालको स्रोत र साधनको प्रयोग नहुनु हो। उनीहरूले बनाएका सडकमा नेपाली गाडीचालकले कर तिर्नुपर्ने हुन्छ रे, जुन खुसीको कुरो होइन। अमेरिकन सैनिक नेपाल छिर्नु पनि राम्रो होइन।
- सौगात बस्नेत, रामेछाप

प्रकाशित मिति: : 2021-09-16 11:09:00

प्रतिकृया दिनुहोस्