सुनको मूल्य बढ्यो, चाँदी स्थिर

File photo
File photo

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो।

त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको छ।

प्रकाशित मिति: : 2021-09-15 11:28:00

प्रतिकृया दिनुहोस्