भित्रीवस्त्र बाहिर सुकाएको भन्दै युवतिविरुद्ध प्रहरीमा उजुरी

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीमा एउटा  अनाैठाे उजुरी दर्ता भएकाे छ।

एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जनाउँदै उजुरी दर्ता गरेकी छिन्। उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन्।

४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन्। उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन्।

युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन्। तर प्रहरीले ती २३ वर्षीया महिलाले कानून विपरीत केही पनि नगरेको भन्दै सम्झाएका छन्। 

प्रकाशित मिति: : 2021-09-14 06:10:00

प्रतिकृया दिनुहोस्