म्यान्मार सेनाद्वारा दर्जनौं निर्दाेष गाउँलेहरूकाे हत्या

राजकुमार शर्मा

रंगुन, म्यान्मार

म्यान्मारकाे सैन्य सरकारले दर्जनौं निर्दाेष गाउँलेहरूकाे हत्या गरेको छ।

म्याग्वेस्थित गांगकाे एक गाउँमा सेनाले गत बिहीबार आक्रमण गर्दा २० भन्दा बढी स्थानीयहरूकाे हत्या भएकाे अधिकारीहरूले बताएका छन्। त्यस्तै, ३० जनाभन्दा बढीलाई पक्राउ गरिएकाे छ।

सैन्य 'कू'विरूद्ध म्यान्माली जनताले जनयुद्धकाे घाेषणा गरेपछि सेना र राष्ट्रिय एकता सरकारकाे शसस्त्र समूह पीपुल्स् डिफेन्स फोर्सबीच दाेहाेराे भिडन्त सुरू भएको छ।

देशका प्रायः शहरहरूमा सेनाको स्वामित्व भएका टेलिफाेन टावरहरूमा पीपुल्स् डिफेन्स फोर्सले बम विष्फोट गरेकाे हाे। ८० भन्दा बढी स्थानका टावरहरूमा बम विस्फाेट गरेकाे छ।

त्यस्तै, आइतबार म्याग्वेकाे एक गाउँमा सेनाले आगाे लगाएकाे थियाे। आगाेले ४० भन्दा बढी घर जलेका छन्, जहाँ ३० प्रहरीसहित ३५ जना मारिएका थिए। 

छिन् प्रान्तका केही शहरहरूमा सेनाले अन्धाधुन्ध आक्रमण गर्दै स्थानीयलाई नियन्त्रणमा लिँदैआएका छन्।

प्रकाशित मिति: : 2021-09-13 21:23:00

प्रतिकृया दिनुहोस्