चालकको लापरबाहीका कारण गत वर्ष अगस्टमा भारतको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना भएको खुलासा भएको छ।
विमान दुर्घटनाबारे गठित अध्ययन समितिको अध्ययन प्रतिवेदनले सो खुलासा गरेको हो।
एक सय ९० यात्रु सवार सो विमान दक्षिणी केरलाको कालिकट विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनमा दुई पाइलटसहित २१ यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा ७५ जना यात्रु गम्भिर घाइते भएका थिए।
कोरोना संक्रमित भारतीय नागरिकलाइ बोकेर दुबईबाट भारत उडेको बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएर दुई टुक्रा भएको थियो। सो विमान दोस्रो पटक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनाको दिन विमानस्थलमा भीषण बर्षा भएको थियो।