जनपत्रकार संगठन कर्णालीको अध्यक्षमा वसन्त र सचिवमा खकेन्द्र

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ।

शनिबार सुर्खेतमा सम्पन्न भएको प्रदेश सम्मेलनले कालिकोटका वसन्त विकको अध्यक्षतामा पछि पाँच सदस्य थप्नेगरी २३ सदस्यीय प्रदेश कमिटीसमेत गठन गरिएकाे छ।

जसको उपाध्यक्षमा योगराज विश्वकर्मा (सल्यान), कर्ण विश्वकर्मा (कालिकोट), सचिवमा खकेन्द्र केसी (सल्यान), सहसचिवमा प्रेम विश्वकर्मा (जाजरकोट), जनसरा ऐडी (कालिकोट) र कोषाध्यक्षमा सिद्ध बहादुर खड्का (सुर्खेत) चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा बिरेन्द्र डिसी (सल्यान अध्यक्ष), गमानसिंह घर्ती (रुकुम अध्यक्ष ), खड्क विक (कालिकोट अध्यक्ष ), बिरेन्द्र शाही (जाजरकोट अध्यक्ष), जीवन विक (दैलेख), उपेन्द्र रावल, रमेश प्याकुरेल, अशोक शाही, रण बहादुर विक, खड्क विक, देउरुमा कठायत, सुनिता परियार रहेका छन्।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एटम विसी र जनपत्रकार संगठन नेपालका अध्यक्ष सेर बहादुर विककाे समेत उपस्थिति थियाे।
 

प्रकाशित मिति: : 2021-09-11 21:07:00

प्रतिकृया दिनुहोस्