साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा

File photo
File photo

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले अघिल्लो वर्ष १८ प्रतिशत बोनस सेयर दिएको थियो। कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गर्नेछ।

साधनाले हाल कायम २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रकाशित मिति: : 2021-09-10 13:09:00

प्रतिकृया दिनुहोस्