'हाइड्रो इलेक्ट्रिसिटी'ले माग्यो चार प्रबन्धकसहित १० कर्मचारी

सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो। जसअनुसार चार प्रबन्धकसहित विभिन्न १० पदमा जागिरको अवसर छ।

कम्पनीले प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो।

यसैगरी, दुई/दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ। असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ। 

प्रकाशित मिति: : 2021-09-10 09:48:00

प्रतिकृया दिनुहोस्