सेयर बजारमा बुधबार पनि भारी गिरावट

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलब ०२ अंकले घटेर २८ सय ७६ दशमलब ५९ अंकमा पुगेको छ।

यता सेन्सेटिभ परिसूचक ११ दशमलब ९१अंकले घटेर ५ सय ३६ दशमलब ५१ बिन्दुमा पुगेको छ। आज कुल २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। हिजोको तुलनामा आज बुधबार कारोबार रकममा पनि गिरावट आएको छ।

बुधबार कुल १३ उपसमूहमा भएका सबै उपसमूहको सेयरमूल्य आरालो लागेको छ।

बुधवार बजारमा सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्किट लागेको छ। भने जीवन विकासको सेयर मूल्य आरालो लागेको छ।
सेयर बजारमा आज सर्वाधिक कारोबार मोदी हाइड्रोपावर लिमिटेडले ४० करोडबराबरको गरेको छ। त्यस्तै आज सबैभन्दा धेरै सेयर मूल्य गुमाउनेमा एलआइसी नेपाल रहेको छ। जसले ६ दशमलब ६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ।

साताको पहिलो दिन १ सय ८ दशमलब २६ अंकले घटेको बजारमा सोमबार ‘बाउन्स व्याक’ आएको थियो। सोमबार मात्र १ सय ६१ दशमलब ९४ अंकले बढेको बजारमा मंगलबार भने पुनः करेक्सन देखिएको थियो।

प्रकाशित मिति: : 2021-09-08 15:36:00

प्रतिकृया दिनुहोस्