सोमबार, १५ सेप्टेम्बर २०२५

संखुवासभामा हत्या प्रकरणः हत्याराको नजिक पुगेका छौँ – प्रहरी

News Image
• • •

संखुवासभाको मादी-१ मा एकै परिवारका ६ जनाको विभत्स हत्या प्रकरणमा  हत्याराको पहिचाननजिक पुगेको प्रहरीले जनाएको छ।

संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित एसपी भीम दाहालको नेतृत्वमा प्रहरीको विशेष टोली हत्याराको खोजीमा परिचालन गरिएको छ। एसपी दाहालले भने, 'हत्याराको पहिचान नजिक पुगेका छौ।  ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं, छिट्टै दोषी सार्वजनिक हुन्छ ।’ उनले भने ।

विभत्स हत्या गरिएका ६ जनाको पोष्टमार्टमा सुरु गरिएको छ। मंगलबार साँझ ६ जनाकै शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

बीपी प्रतिष्ठानका फोरन्सिक विभागका एशोसियट प्रोफेसर डा. विकास साह नेतृत्वको ६ जनाको टीमले शवको पोष्टमार्टम सुरु गरेको हो। प्रहरीले सबै मुचुल्का तयार गरी बुझाइ सकिएकाले शवको पोष्टमार्टम सुरु गरिएको डा साहले बताए। उनले पोष्टमार्टममा आफूसँगै अन्य दुईजना डाक्टर र तीनजना कर्मचारीहरुको सहयोगमा पोष्टमार्टम सुरु गरिएको जानकारी दिए।

छ जना मारिएको परिवारका एक्ला साक्षी वृद्धले भने, ‘बिहान परिवारका सबैलाई मारेभन्दा छाँगाबाट खसेजस्तो भएँ’

अज्ञात समूहको प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीया नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए।  घटना भएको घरमा घरमुली ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या पछि छोराबुहारी र नातिनीबुहारीलाई नियन्त्रणमा लिएर टाढा लगी हत्या गरेको देखिएको छ। लुटेराहरुलाई मृतकले चिनेको र अपराध खुल्न सक्ने ठानेर हत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको प्रहरी स्रोतले बतायो। ८ वर्ष र ५ वर्षका बालबालिकाको पनि हत्या हुनुले नजिकका आफन्त वा चिनेजानेकाहरुतर्फ अनुसन्धानको सुई घुमेको बुझिएको छ।

घरको अवस्था र पैसाबारे समेत सूचना पाएको समूहले हत्या गरेको हुनसक्ने देखिएको प्रहरी स्रोतले जनाएको छ। कार्की परिवारले झापामा जग्गा किन्न बैना गरेको र केही दिनपछि जग्गा पास गर्ने सहमति समेत गरेको बुझिएको छ।

संखुवासभा हत्या प्रकरणः घटनास्थलमा नगद, सुनका गहना र मोवाइल सेट भेटियाे

संखुवासभा छ जना हत्या प्रकरणः फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!