पाकिस्तानमा तीन  हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित

बिएल संवाददाता

इस्लामाबाद
File photo
File photo

पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ।

पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन्। त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन्।

हाल पाकिस्तानमा सक्रिय सङ्क्रमितको संख्या ९२ हजार ३६७ रहेको छ। ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ।  कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२ जनाका मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-09-06 16:33:00

प्रतिकृया दिनुहोस्