चट्याङ लागेर सातजना बेहोस, तीन गम्भीर

भिषण वर्षासँगै परेको चट्याङ्गका कारण ओखलढुंगामा गएराती सात जना जना बेहोस भएका छन्। सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन।
चट्याङ्ग लागेर स्थानीय तुलसा धमल,विष्णुकुमारी खड्का  र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छन। 

गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ। चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिए।

चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको उनको भनाई छ।
चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ। आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताए। 

प्रकाशित मिति: : 2021-09-06 11:30:00

प्रतिकृया दिनुहोस्