नकारात्मक सर्किटपछि ४० मिनेटका लागि सेयर कारोबार स्थगित

File photo
File photo

सेयर बजारमा भारी गिरावट आएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार स्थगित भएको छ । बजारमा नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ।

बजार खुलेको दोस्रो घन्टामा बजार ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ।

अब दिउँसो १:४० कारोबार सुचारु हुनेछ। त्यसपछि पनि २ बजेसम्म बजार ६ प्रतिशतले घटेमा पूरै दिनका लागि कारोबार स्थगित हुन्छ।

प्रकाशित मिति: : 2021-09-05 13:42:00

प्रतिकृया दिनुहोस्