साताकाे पहिलो दिन ६ सयले बढ्यो सुनको मूल्य

आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

शुक्रबार बजारमा छापावाला सुनको मूल्य ९० हजार ९ सयमा कारोबार भएको थियो भने आज सुनको मूल्य ६ सयले वृद्धि भई प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजावी सुुनको मूल्य ९१ हजार रुपैयाँ रहेको छ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य १ हजार १ सय ९५ रहेकोमा आज मूल्य बढेर १ हजार २ सय ३० कायम भइ कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-09-05 11:28:00

प्रतिकृया दिनुहोस्