साताको अन्तिम दिन सुनको मूल्य बढ्यो 

साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार बजारमा छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो। भने आज सुुनको मूल्य तोलामा १ सयले बढेर ९० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी तेजावी सुुनको मूल्य ९० हजार ४ सय रहेको छ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले गिरावट आएको छ। बिहीबार चाँदीको मूल्य १ हजार २ सय ५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार १ सय ९५ कायम भइ कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-09-03 11:34:00

प्रतिकृया दिनुहोस्