रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

बिएल संवाददाता

म्यानचेस्टर
तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ।

मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो। सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन्। यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए।

युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ बर्ष खेल्दै इटाली पुगेका थिए। सिरी ए मा युभेन्ट्ससँग एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किएका हुन्। न्युज कारखाना

प्रकाशित मिति: : 2021-08-31 16:12:00

प्रतिकृया दिनुहोस्