अफगानिस्तानमा भूकम्प, एकैदिन ६८ सयको उद्धार

Photo : Reuters
Photo : Reuters

तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ।

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। 

अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ।

तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन्।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन्। यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै छ हजार ८०० मानिस बाहिरिएको अधिकारीहरुले जनाएका छन्।

योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको सङ्ख्या एक लाख ११ हजार ९०० पुगेको छ। अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो।

बैंक बन्दको विरुद्धमा प्रदर्शन

राजनीतिक अवस्था परिवर्तनसँगै अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा रहेका बैंकहरु बन्द गरिएकोप्रति आपत्ति जनाउदै विरोध प्रदर्शन भएको छ।

बैंकहरु बन्द हुदाँ आर्थिक कारोबार गर्न नपाएर आम उपभोक्ता मर्कामा परेको भन्दै शनिबार काबुलमा विरोध प्रदर्शन भएको हो।

प्रकाशित मिति: : 2021-08-29 05:51:00

प्रतिकृया दिनुहोस्