जिन्दगानी दर्पणछाया
बोल्दाबोल्दै एक्सेल हाइपकेपावा भक्कानिए। हातले आँखा छोपेर आँसु दबाए। केही बेर अवाक् भए। र, रसिला आँखासहितको अनुहार मतिर फर्काए। ‘आई एम भेरी सरी’, मैले दुःख व्यक्त गरें। किनकि, मेरो प्रश्नले उनी रोएका थिए।
तर, मेरो प्रश्न त्यस्तो नराम्रो थिएन। केवल सोधेको थिएँ, ‘तपाईं निरन्तर नेपाल बस्ने निर्णयमा कसरी पुग्नुभयो ?’
उनले घटना सुनाए, जुनचाहिँ वास्तवमा दुःखद थियो–
सन् १९९० मा म नेपाल आएँ। जर्मनीमा मेरा एक साथी थिए डा. माइकल फ्र्यांक। साथी मात्र होइन, म उनको टिममा पारामेडिकका रूपमा काम गर्थें।