अफगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भागिन्

तालिवानको सत्तापलट अफगानिस्तानकै पहिलो महिला मेयर जारिफा घफारिका लागि निकै दुःखद क्षण थियो। तालिवान लडाकू राजधानी काबुल पस्दा उनले सोचेकी थिइन् अब बाँच्ने दिन धेरै छैन।

२९ वर्षीय घफारी महिला अधिकारका लागि अफगानिस्तानमा एउटा बिम्ब नै  थिइन्। उनको सशक्त आवाजबाट तालिवान क्रुद्ध थियो। ‘मेरो आवाज बन्दूकको गोलीभन्दा कडा थियो’ उनी भन्छिन्। तालिवानको बिरोध गरेकै कारण आफूलाई जुनसुकै बेला हत्या गर्न सक्ने उनको अनुमान थियो।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गर्नेबित्तिकै घफारीलाई घरबाट भाग्न सुझाब आयो। उनका सुरक्षाकर्मीलाई तालिवानले निर्घात कुटेपछि उनलाई  सुरक्षाबारे चिन्ता बढेको थियो। पछिल्ला वर्षमा उनको सुरक्षा राज्यकै चासो बनेको थियो।

मध्ये अगस्टमा तालिवान शक्तिमा आएपछि घफारीलाई लाग्यो अब देश छोड्ने बेला आइसकेछ। अगस्ट १८ मा उनी परिवारलाई लिएर काबुल विमानस्थल हुइकिइन्। विमानस्थलसम्म पुग्दा उनी कारमा खुट्टा राख्ने ठाँउमा लुकेकी थिइन्।

सन् २०१८ मा २६ वर्षको उमेरमा मैदान सरको मेयर बनेपछि आफूमाथि भएका विभिन्न हमला छल्न सफल भएकी थिइन्, उनी। उनी मेयर बनेको सहर मैदान सर तालिवानको किल्ला हो। तालिवानले गत वर्ष उनका पिताको हत्या गरेको थियो। उनी अफगान सेनाका सदस्य थिए।

मध्ये अगस्टमा तालिवान शक्तिमा आएपछि घफारीलाई लाग्यो अब देश छोड्ने बेला आयो। अगस्ट १८ मा उनले आफ्नो परिवारलाई लिएर काबुल विमानस्थल हुइकिइन्। विमानस्थलसम्म पुग्दा उनी कारमा खुट्टा राख्ने ठाँउमा लुकेकी थिइन्।

‘विमानस्थल गेटमा पुग्दा चारैतिर तालिवान लडाकू थिए, जसो तसो मैले कार भित्र लुक्ने प्रयास गरे।’ उनी भन्छिन्। विमानस्थलभित्र पुगेपछि अफगानिस्तानका लागि टर्कीका दूतले उनलाई इस्तानबुल जान सहयोग गरे। इस्तानबुलबाट उनीहरु जर्मन उडे।

‘बाबुको मृत्यु मेरो जीवनकै सबैभन्दा पीडादायी क्षण हो। तर, देश छोड्दा त्यो भन्दा ठूलो पीडा अहिलेसम्म महशुस गरेकी थिइन्।,’ उनी भन्छिन्। अफगान सत्ता ढल्नु उनको जीवनकै अर्को दुःखद क्षण हो। 

प्रकाशित मिति: : 2021-08-27 18:09:00

प्रतिकृया दिनुहोस्