यी हुन् लिच्ची खानुका १३ फाईदा

कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी प्रशस्त पाईने फल हो, लिच्ची। यसमा पोटेशियम, क्याल्सियम, म्याग्नेशियम, फास्फोरस र फलाम जस्ता खनिज पदार्थहरू पनि पाईन्छ।

यी हुन् लिच्ची खानुका १३ फाईदा

दैनिक लिच्ची खाने गर्नाले अनुहारमा चमक आउँछ।

शारीरिक विकासमा समेत टेवा पुग्छ।

बीटा क्यारोटीन र ओलिगोनोलको धनी लिचीले मुटुलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ। रक्तचापलाई पनि नियन्त्रणमा राख्छ।

लिच्चीले क्यान्सर कोषहरूको वृद्धि लाई रोक्न मदत गर्छ।

यदि तपाईंलाई चिसो लागेको छ भने लिच्चीको सेवनले तुरून्त फाइदा पुर्‍याउँछ।

दम रोक्नको लागि पनि लिच्चीको प्रयोग गरिन्छ।

कब्जीयतबाट राहत पाउन पनि यसको प्रयोग गरिन्छ। पाचन प्रक्रियाको लागि पनि लिच्ची लाभदायक मानिन्छ।

मोटोपना घटाउने लागि लाभदायक मानिने लिच्चीले शरीरको प्रतिरक्षा प्रणाली बढाउन पनि काम गर्दछ।

यौन जीवन राम्रो बनाउन लिच्ची खानु लाभदायक हुन्छ।

घामको कारणले डढेको छाला वा सनबर्नका कारण शरीरमा भएका रातो धब्बाहरु लिच्चीको रस लगाएमा हराउँछ।

लिच्चीको रस कपालमा प्रयोग गर्दा कपाल छिटो बढ्छ । प्राकृतिक रुपमा चम्कीलो हुन्छ।

लिच्चीमा रहेको एन्टिआक्सीडन्ट कार्डियोवास्कुलर गुणले मुटुलाई बलियो बनाउँछ।

बालबालिकालाई नियमित, सिजनमा पाइएको बेला शुरूदेखि नियमित रूपमा लिच्ची खुवाएमा उनीहरुको आँखा खराब हुँदैन।

तर लिच्ची धेरै खानु हानिकारक पनि हुनसक्छ।

मधुमेह बिरामीहरूले लिच्ची सेवन गर्दा विचार पुर्याउनुपर्छ।

धेरै लिच्ची खाँदा घाँटी दुख्ने, ज्वरो आउने र नाकबाट रगत बग्न समस्या हुनसक्छ।

यसको अत्याधिक सेवनले शरीरमा हर्मोनहरूलाई अवरोध पुर्‍याउन सक्छ।

गर्भवती र स्तनपान गराउने महिलाहरूले लिच्ची नखानु राम्राे हुन्छ ।

प्रकाशित मिति: : 2021-08-27 14:46:00

प्रतिकृया दिनुहोस्